× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव: पहाडी भू-भागमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    चैत-७,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकोले पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

    विभागका अनुसार प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

    यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन\चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।