× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विश्व कविता दिवसको अवसरमा रवीन्द्रनाथ टैगोरको “जहा मन सदा निडर रहोस” कविता- सुनिल उलक

    २ वर्ष पहिले

    चैत-७, कविताले प्रेमिल पनि बनाउँछ, कविताले मनलाई आनन्दित र शान्त पनि बनाउँछ । कविताले राष्ट्र प्रेम र क्रान्तिकारी पनि बनाउँछ । लामा लामा कथा उपन्यासले भन्दा छोटा कविताले बढी सन्देश दिने गर्छ ।

    विश्व विख्यात कवि रवीन्द्रनाथ टैगोर द्वारा रचित कविताहरू धेरै मन पर्छ यिनै मध्य “Where the mind is without fear” को वहाँ कै हस्ताक्षरमा रहेको प्रति हेर्ने अवसर प्राप्त भएको थियो । जसलाई मैले क्यामेराले खिचेर ल्याएको थिए ।

    यो कविता आम जिन्दगीलाई मात्र होइन राष्ट्र प्रति बफादार जनताको पनि आत्माबाट निस्कने आवाज हो ।

    विश्वविख्यात कबि रबिन्द्रनाथ टैगोर

    जहा मन सदा निडर रहोस “Where the mind is without fear”

    जहा मन सदा निडर रहोस
    शिर सदा गर्वले उच्चा रहोस
    जहा ज्ञान सर्बथा मुक्त रहोस
    जहा धरती टुक्रा टुक्रा नबनोस
    हाम्रो आगन बिच पर्खाल खडा नहोस
    जहा हर शव्द आत्माको गहिराइबाट निस्कियोस
    जहा हर एक कर्म प्रति निष्ठावान रहोस
    जहा मनको आवाज तुच्छ आत्माले दिग्भ्रमित नहोस
    जहा आत्माको शक्ति छिन्नभिन्न नहोस
    जहा बिचार र कार्यको सदा कदर होस
    हे भगवान, मेरो आत्मालाइ निस्तेज हुन नदेउ

    Where the mind is without fear

    and the head is held high,

    Where knowledge is free;

    Where the world has not been broken

    up into fragments by narrow domestic

    walls:

    Where words come out from the

    depth of truth,

    Where tireless striving stretches

    its arms towards

    perfection;

    Where the clear stream of reason

    has not lost its way Into the

    dreary desert sand of dead

    Where the mind is led forward

    by thee Into ever-widening

    thought and action –

    Into that heaven of freedom,

    my Father,

    let my country awake.

    टैगोरको हस्ताक्षरमा रहेको कबिताको प्रति