× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना

    ३ वर्ष पहिले

    चैत-७, चीनको दक्षिणी क्षेत्रमा ९ चालक दलको सदस्य सहित १३२ यात्रु बोकेको एक विमान दुर्घटना भएको छ ।

    चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

    दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन ।

    कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १: १५ मा र ग्वाङ्झाउ प्रान्तमा ३:०७ मा अवतरण हुने तालिका थियो ।

    सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा दुर्घटनालगत्तै आगो लागेको देख्न सकिन्छ ।समाचार अनुसार दुर्घटनास्थलमा उद्दारकर्ता खटाइएको छ ।