× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा संक्रमित ४५ थपिए, निको हुनेको संख्या १४७

    ३ वर्ष पहिले

    चैत्र-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार २ सय ८० जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ९ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ८ हजार ८ सय २४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ७ सय ७४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख १३ हजार ९९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३ हजार ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा ५६ जना रहेको छ।

    २४ घण्टामा १ सय ४७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६३ हजार १ सय ११ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.१२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २२ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ।