× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    चैत-८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

    यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।