× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    महसुल नबुझाएकाे कारण मधेश प्रदेशका मुख्यमन्त्री राउतकाे घरकाे खानेपानीकाे लाईन काटियो

    २ वर्ष पहिले

    चैत-८,पटक-पटक ताकेता गर्दा पनि महसुल नबुझाएकाे कारण मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे घरकाे खानेपानीकाे लाईन काटिएकाे छ ।

    नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाले वीरगञ्जस्थित तेजारथ टाेलमा रहेकाे मुख्यमन्त्री राउतको निजी निवासमा उनकाे बुवा दशरथ राउत गद्दीको नाममा रहेको खानेपानीको लाईन काटेकाे हाे ।

    संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनद्वारा जारी सूचनामा भनिएकाे छ, ‘पटक पटक ताकेता गर्दा बक्याैता महसुल नबुझाएकाेमा कालाे सुचीमा राखी सार्वजनिक सूचना निकाल्दा पनि महसुल नतिरेकाले खानेपानीकाे सेवा बन्द गरिएकाे छ ।

    मुख्यमन्त्रीकाे बुवा दशरथकाे नाममा खानेपानीको जरिवाना सहित १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेकाे छ । मुख्यमन्त्री राउत सरकारी निवासमा बस्न थालेपछि उनकाे निजी निवासकाे रेखदेख उनका बुवा दशरथले नै गर्दै आएका छन ।

    वीरगञ्जका अधिकांश नेता र ठूला व्यवसायीहरुले खानेपानी संस्थानको महसुल नतिरी पानी उपभोग गरिरहेको खानेपानी संस्थानको तथ्यांकबाट देखिन्छ । खानेपानीको महसुल बक्यौता रहेकाहरुको सूचना प्रकाशन गर्दै लाइन काटिने संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनले बताएका छन् ।इकागजबाट