× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेरि सुनको भाउ प्रतितोला १ लाख नाघ्यो

    २ वर्ष पहिले

    चैत-८, नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३९५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।