३ वर्ष पहिले
चैत्र-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ३ सय २१ जना पुगेको छ ।
२४ घण्टामा ४ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख १३ हजार ३ सय १९ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ९९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख १५ हजार १ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ८८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ हजार ६ सय ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा ५१ जना रहेको छ।
२४ घण्टामा ४ सय ८१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६३ हजार ५ सय ९२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.१६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २३ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।