× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहूँको आँबुखैरेनीमा संचालित योग शिविर सम्पन्न

    २ वर्ष पहिले

    चैत-९, तनहूँको आँबुखैरेनी गाउँपालिकामा संचालित बृहद योग शिविर नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

    आँबु खैरेनी गाउँपालिकाको आयोजन तथा योग विज्ञान शिविर व्यवस्थापन समिति र पतन्जली योग समितिको व्यवस्थापनमा सहित चैत ३ गतेदेखि सुरु भएको शिविर बुधबार सकिएको हो।

    समापनको अवसरमा वरिष्ठ नेता पौडेलले योगले मानिसलाई तन्दुरुस्त बनाउने भएकोले योगको महत्व रहेको बताए।

    यस्तै आबु खैरेनी गाउँपालिकाका अध्यक्ष गिर बादुर थापाले योगको महत्वलाई बुझेर गाउँपालिकाले योग शिविर संचालन गरेको बताए।

    बिहान ५:०० बजे देखि ७:०० बजे सम्म सञ्चालित एक हप्ता शिविरमा दैनिक ६ सय भन्दा बढिको सहभागिता रहेको आँबुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठले जानकारी दिए ।‌