× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलमा गुरुङ मनोनित

    ३ वर्ष पहिले

    चैत-९, नेपाली कांग्रेसले नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेको छ । तदर्थ समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम भएको मितिले ३ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

    मुख्य सचिव कृणप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फाल्गुण ३ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संघहरु– नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा देहाय बमोजिम नियुक्त गर्नु भएको छ ।

    १. नेपाल विद्यार्थी संघ – दुजाङ शेर्पा (काठमाण्डौ),

    २. नेपाल तरुण दल – विद्वान गुरुङ्ग (पर्वत)

    तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।”