३ वर्ष पहिले
चैत-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ३ सय ९६ जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ८ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख २१ हजार ५५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ३ सय ८७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख १८ हजार १ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ हजार १ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा ४० जना रहेको छ।
२४ घण्टामा २ सय ६६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६४ हजार १ सय २७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २१ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।