× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देखि आठौं तनहुँ महोत्सव शुरु,प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

    ३ वर्ष पहिले

    चैत-१०, तनहुँको सदरमुकाम दमौलीमा आज बिहिबार देखि आठौं तनहुँ महोत्सव २०७८ शुरु भएको छ। व्यास नगरपालिका–३ विपी वनवाटिकामा आयोजित महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

    ‘महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ चैत १० गते देखि २० गतेसम्म तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाइ समितिको सहआयोजनामा उक्त महोत्सवको आयोजना गरिएको हो ।

    प्रधानमन्त्री देउवाले उद्घाटन गरेको समारोहमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका अलावा कांग्रेसका केन्द्रीय नेताहरु उपस्थित रहेका थिए।

    ऐतिहासिक, धार्मिक र सांस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक पविन्द्रकुमार श्रेष्ठले बताए।

    त्यसैगरी लोपोन्मुख बन्दै गएका कौडा, बालन नाच, पाउदुरे, टाकटुके, लाखे नाचलाई प्राथमिकतामा राखिएको उनले बताए । महोत्सवमा स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहनेछ।