× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतको सिलिगुढीबाट आएको बस दुर्घटना हुँदा १५ घाइते, ३ को अवस्था गम्भिर

    २ वर्ष पहिले

    चैत्र १२, मुग्लिन
    पृथ्वीराजमार्ग अन्तरग चितवनको चुम्लिङ्ग नजिकै बस दुर्घटना हुँदा १५ घाइेत भएका छन् । भारतको सिलिगुढीबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ९७४२ नम्बरको यात्रुबासहक बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् ।

    घाइते मध्ये ३ को अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । आज विहान करिब ९ बजे भएको दुर्घटनामा परेका घाइतेहरुको सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीहरु तत्काल उद्धार कार्यमा खटिएका थिए ।

    आफै अनियन्त्रित भई सडकमा पल्टिएको बसका कारण केहीबेर अबरुद्ध बनेको राजमार्ग अहिले क्रेनको सहायताले राजमार्ग सञ्चालनमा आएको छ ।