३ वर्ष पहिले
चैत-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ४ सय ४५ जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ७ सय ८० जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख २९ हजार ३ सय ५३ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ४ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख २२ हजार २७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ हजार ५ सय १४ रहेको छ भने संस्थागत आइसोलेसनमा ४५ जना रहेको छ।
२४ घण्टामा २ सय १५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६४ हजार ८ सय २३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २३ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।