× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नाग्दी खोलामा एक महिला मृत अवस्थामा फेला

    २ वर्ष पहिले

    चैत्र १३, मुग्लिन
    मुग्लिन नजिकै नाग्दी खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलामा डुवेको अवस्थामा एक महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिन संचार शाखाले जनाएको छ ।

    मृतक जिल्ला धादिङ्ग सिद्धलेख गाउपालिका वडा नं. ७ बस्ने वर्ष ५५ को सानी मगराती रहेको प्रहरीले जनाएको छ ।

    मृतकको शव पोष्ट मार्टमका लागि भरतपुर लगिएको र घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।