× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    यस बर्षको अभिनेतामा विल स्मिथ र अभिनेत्रीमा जेसिका चास्टाइलाई ओस्कार अवार्ड

    २ वर्ष पहिले

    चैत-१४, यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट अभिनेतामा विल स्मिथले र उत्कृष्ट अभिनेत्रीको अवार्ड द आइ अफ टम्मी फायबाट जेसिका चास्टाइनले जितिन् ।

    अभिनेता विल स्मिथले ‘किङ रिचार्ड’बाट आफ्नो करिअरको पहिलो ओस्कार अवार्ड प्राप्त गरेका छन् भने अभिनेत्री जेसिका चास्टाइनले द आइ अफ टम्मी फायबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

    यसैय ‘कोडा’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । तीनवटा विधामा मनोनयनमा परेको यो चलचित्रले तीनवटै अवार्ड जित्न सफल भयो । चलचित्रले सर्वोत्कृष्ट पटकथा र सर्वोत्कृट सहअभिनेताको अवार्ड जितेको हो ।

    ओस्कारमा सर्वाधिक अवार्ड भने ‘डुन’ले हात पारेको छ । दश विधामा मनोनयनमा परेको यस चलचित्रले ६ वटा अवार्ड जितेको हो । यस्तै, १२ वटा विधामा मनोनयमा परेको चलचित्र ‘पावर अफ द डग’ भने एउटा अवार्डमा सीमित भयो । चलचित्रबाट जेन क्याम्पियन सर्वोत्कृष्ट निर्देशक छानिए ।

    अवार्ड बिजेताको सूची

    सर्वोत्कृष्ट चलचित्र-कोडा

    सर्वोत्कृष्ट अभिनेता-विल स्मिथ (किङ रिचार्ड)

    सर्वोत्कृष्ट अभिनेत्री-जेसिका चास्टाइन (द आइज अफ टाम्मी फाय)

    सर्वोत्कृष्ट मौलिक गीत-नोटाइम टु डाइ

    सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर-समर अफ सोल

    सर्वोत्कृष्ट साभार (पटकथा)-सियान हेदर (कोडा)

    सर्वोत्कष्ट मौलिक पटकथा-केन्नेथ ब्रानाघ (बेलफास्ट)

    सर्वोत्कृष्ट कस्टुम डिजाइन-जेन्नी बिभान (क्रुयल्ला)

    सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचरड्राइभ-माइ कार (जापान)

    सर्वोत्कृष्ट सह अभिनेत्री-एराइना डिबोस (वेस्ट साइड स्टोरी)

    सर्वोत्कृष्ट सह अभिनेता-ट्रोइ कोटसर (कोडा)

    सर्वोत्कृष्ट एनिमेटेड फिचर-एन्कान्टो

    सर्वोत्कृष्ट मौलिक गीत-हान्स जिमर (डुन)

    सर्वोत्कृष्ट सिनेमाटोग्राफी ग्रेग फ्रासर (डुन)

    सर्वोत्कृष्ट भिजुअल इफेक्ट-डुन

    सर्वोत्कृष्ट फिल्म सम्पादन-जोइ वाल्कर (डुन)

    सर्वोत्कष्ट साउन्ड-डुन

    सर्वोत्कष्ट प्रोडक्सन डिजाइन-डुन

    सर्वोत्कृष्ट मेक अप एन्ड हेयर स्टाइल-द आइज अफ टाम्मी फाये

    सर्वोत्कृष्ट एनिमेटेड सर्ट-द वाइन्डसिल्ड पिपर

    सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट-द क्वीन अफ बास्केटबल