× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन कोरोना मुक्त जिल्ला

    २ वर्ष पहिले

    चैत-१४, कोरोनाको दोस्रो लहर पश्चात पहिलो पटक चितवन कोरोना मुक्त जिल्ला बनेको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना मुक्त भएसंगै चितवन कोरोना मुक्त जिल्ला बनेको हो।

    पछिल्लो २४ घण्टामा २० जनमा पिसिआर परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ।

    चितवनमा ३३ हजार ५ सय ४८ जना कोरोना संक्रमित भएको मध्ये ३३ हजार ९९ जना कोरोना मुक्त र ४ सय ४९ जना कोरोनाको कारण निधन भएको थियो।

    चितवनमा संक्रमण भएको मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा २३ हजार ९ सय २८ र सबै भन्दा कम ईच्छाकामना गाउँपालिकामा ३ सय ६५ संक्रमित रहेका थियो।