३ वर्ष पहिले
चैत-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ४ सय ६६ जना पुगेको छ ।
२४ घण्टामा ५ हजार १ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ३४ हजार ५ सय ५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार १ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख २३ हजार १ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ हजार २ सय ६ रहेको छ भने संस्थागत आइसोलेसनमा ४८ जना रहेको छ।
२४ घण्टामा ३ सय ११९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार १ सय ४२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २३ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भईरहेको छ।