× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको मतदाता संख्या तीन लाख ९७ हजार ६ सय ८५

    ३ वर्ष पहिले

    चैत-१५, २०७९ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने चितवनको मतदाताको संख्या तीन लाख ९७ हजार ६ सय ८५ पुगेको छ।

    जिल्ला निर्वाचन कार्यालय चितवनले वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको पठाएको नामावली अद्यावधिक गरेर आयोगले अन्तिम नामावली प्रकाशन गरेको हो ।

    दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा ८४ हजार ६८२ मतदाता थपिएका हुन् । २०७४ मा भएको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए । तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा यहाँ २७.५ प्रतिशतले मतदाता संख्या बढेको देखिन्छ ।

    भरतपुर महानगरपालिकामा मात्रै पाँच वर्षमा ३५ हजार ४ सय ७८, रत्ननगरमा नौ हजार ४ सय ८८, खैरहनीमा १० हजार २ सय ६८, राप्तीमा १० हजार ६ सय ५१, कालिकामा आठ हजार १ सय ७०, माडीमा छ हजार ६ सय ४७ र इच्छाकामनामा तीन हजार ९ सय ८० मतदाता थपिएका छन् ।

    मतदाता थपिएसँगै भरतपुरमा एक लाख ८५ हजार ७ सय ५२, खैरहनीमा ४३ हजार ५ सय ३१ र राप्तीमा ४० हजार ६ सय ४९ मतदाता संख्या पुगेको छ ।

    त्यस्तै, रत्ननगरमा ५२ हजार ६ सय ४२, कालिकामा ३१ हजार १ सय ५७, माडीमा २८ हजार ३ सय २० र इच्छाकामनामा १५ हजार ६ सय ३४ मतदाता पुगेका छन् ।