× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४२ संक्रमित थपिए, निको हुनेको संख्या ८६

    २ वर्ष पहिले

    चैत-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ५ सय ८ जना पुगेको छ ।

    २४ घण्टामा ४ हजार ३ सय २२ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ३४ हजार ५ सय ५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार १ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख २३ हजार ३ सय ३३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ९८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ हजार १ सय ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा ५२ जना रहेको छ।

    २४ घण्टामा ८६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार २ सय २८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २० जना र भेन्टिलेटरमा ३ जनाको उपचार भईरहेको छ।