× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राष्ट्रिय लोक दोहोरी महोत्सव चैत्र २५ देखि ३० सम्म काठमाडौँमा हुने

    ३ वर्ष पहिले

    चैत-१६, राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ काठमाडौंको टुँडिखेलमा चैत्र २५ देखि ३० सम्म आयोजना हुँदैछ ।

    महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँन छ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ ।

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना पुरस्कारमा नगद १ लाखसँगै मेडल र प्रमाणपत्र समेत राखिएको छ । प्रतियोगिता उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    सांस्कृतिक मौलिक मेलाको रुपमा आयोजना हुन लागेको महोत्सवमा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने भएकोले १० लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।