× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घट्यो

    २ वर्ष पहिले

    चैत-१६,आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार छापावाल सुन आज घटेर ९८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।

    त्यस्तै, यसअघि ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज घटेर ९७ हजार ७०० रुपैयाँमा कारोेबार हुने महासंघले जनाएको छ । यता, चाँदी पनि आज घटेर एक हजार ३६० रुपैयाँमा कारोबार हुनेछ । यसअघि चाँदीको मूल्य प्रतितोला एक हजार ३७० रुपैयाँ रहेको थियो ।