३ वर्ष पहिले
चैत-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ५ सय ३४ जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ९ सय ४९ जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ३८ हजार ४ सय ४५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार २ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख २४ हजार ५ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ हजार ९६ रहेको छ भने संस्थागत आइसोलेसनमा ५० जना रहेको छ।
२४ घण्टामा ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार ३ सय ५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १८ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भईरहेको छ।