× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनको चोकमा रोकिराखेको बस र बोलेरो जिपलाई ट्रकले ठक्कर दिँदा केही घाइते

    २ वर्ष पहिले

    चैत-१७, चितवनको मुग्लिनमा रोकि राखेको बस र जिपलाई ट्रकले ठक्कर दिँदा केही घाईते भएका छन्।

    मुग्लिनको चोकमा नारायणगढ जाने यात्रु चढाउन र ओराल्न रोकिराखेको बस नं ०१००१ ख-२१८६ र पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बोलेरो जिप नं बा प्र ०३-००१च -१२२३ लाई नारायणगढबाट काठमाडौँ जाने ट्रक नं ना६ख-१२४० ले ठक्कर दिँदा जिपमा सवार २ जना र बसको अघिल्लो सिटमा बसेका १ यात्रु घाईते भएका छन्।

    प्रत्यक्षदर्शीका अनुसार पोखराबाट नारायणगढ जाने बोलेर जीपलाई बचाउने क्रममा ट्रकले रोकिराखेको बसलाई ठक्कर दिएको थियो। ट्रकले जिप र बसलाई ठक्कर दिनुको अलवा सडकछेउमा फलफूल बेच्न राखेको ठेलालाई समेत ठक्कर दिएका थिए।

    सो घटनामा परेर घाइते भएका यात्रुहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।