× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज विश्व मुर्ख दिवस अर्थात् ‘अप्रिल फूल’

    ३ वर्ष पहिले

    चैत-१८, आज अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको १ तारिख । आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ ।आजको दिनलाई ‘मूर्ख दिवस’ पनि भन्ने गरिएको छ ।

    यस दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई मूर्ख बनाउने वा झुक्काउने गरिदै आइएको छ । यस दिनलाई हँसिमजाकका रुपमा पनि लिइने गरिएको छ ।

    अप्रिल फूल खासगरी क्यानडा, न्युजिल्याण्ड, वेलायत, अष्ट्रेलिया, इटाली लगायतका मुलुकमा मनाउने प्रचलन छ । पछिल्ला वर्षहरुमा आयातीत संस्कृतिका रुपमा नेपाली युवा पुस्तामारु अप्रील फूल मनाउने चलन लोकप्रिय हुंदै गएको छ ।

    सन् १५८२ मा फ्रान्समा मार्च २५ देखि अप्रिल एक तारिख सम्मको समयावधिलाई नयाँ वर्ष सप्ताहको रुपमा उल्लेख गरिएको जुलियन क्यालेन्डरलाई विस्थापित गरेर जनवरी एकलाई नयाँ वर्ष मान्ने गरी ग्रेगरिएन क्यालेन्डर प्रचलनमा आएपछि अप्रिलको पहिलो दिनलाई मुर्ख दिवसको रुपमा मनाउन थालिएको हो ।

    अप्रिलको सट्टा जनवरीको पहिलो दिन नयाँ वर्ष मनाउन शुरु भैसक्दा समेत जुलियन क्यालेन्डर स्वीकार गर्नेहरुले अप्रिलको पहिलो दिनलाई नै नयाँ वर्ष मनाउन थालेपछि ग्रेगरियनहरुले उनीहरुलाई परम्परावादी भनेर जिस्क्याउन थालेको र यसैबाट मूर्ख दिवस शुरु भएको भनाई छ ।

    विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।