× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेवाः देय् दबूको केन्द्रीय अध्यक्षमा पवित्र बज्राचार्य, वरिष्ठ उपाध्यक्षमा चितवनका चन्द्रलाल राजभण्डारी

    ३ वर्ष पहिले

    चैत-१८, नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी भएका हुन् ।

    चैत्र १४ र १५ गते सुनसरीको धरानमा सम्पन्न दबूको महाधिवेशनमा भएको निर्वाचनमा बज्राचार्यलाई अत्यधिक मतका साथ अध्यक्षमा छानिएको हो ।

    चैय १६ गते बुधबार सम्पन्न भएको मतगणनामा काठमाडौंका बज्राचार्य ३१३ मत पाई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी भक्तपुरका माइलाबाबु द्यःलाले ६७ मत मात्र प्राप्त गरे ।

    देय् दबूको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा चितवनका चन्द्रलाल राजभण्डारीलाई चुनेको छ भने महिला उपाध्यक्षमा भक्तपुरकी रश्मिला प्रजापति चुनिएकि छन् । उपत्यका विशेष प्रदेशबाट काठमाडाैँका उमेश स्थापित उपाध्यक्ष र बागमति प्रदेशबाट दाेलखाका शान्त श्रेष्ठ निर्विरोध चुनिए ।

    महासचिवमा सत्यनारायण डंगोल र सचिव पदमा मचाबाबु महर्जन निर्विरोध निर्वाचित भए । कोषाध्यक्षको जिम्मेवारी निरन्जन रत्न शाक्यले पाएका छन् ।