× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले गरे जनकपुर जयनगर रेलको संयुक्त उद्घाटन

    २ वर्ष पहिले

    चैत-१९, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन्।

    दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन्।

    यता जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य तरिकाले सजाइएको छ। उद्घाटनका बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिएका छन्। दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुड्ने कार्यतालिका रहेको छ।

    जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ र स्टेसनहरूलाई चिटिक्क पारिएको छ भने जयनगरबाट जनकपुरतर्फ आउने रेललाई दुहली झै सिङ्गारिएको छ।