३ वर्ष पहिले
चैत-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ५ सय ९२ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ८३ जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ५० हजार ९ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार २ सय ७७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख २९ हजार ५ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ सय २ रहेको छ भने संस्थागत आइसोलेसनमा ४० जना रहेको छ।
२४ घण्टामा ९० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार ५ सय ५९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १६ जना र भेन्टिलेटरमा २ जनाको उपचार भईरहेको छ।