× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देखि पेट्रोलियम पदार्थको बिक्री वितरण सहज हुने

    २ वर्ष पहिले

    चैत-२०, आइतबार (आज) देखि पेट्रोलियम पदार्थ बिक्री वितरण सहज हुने भएको छ।

    नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरू बिच शनिबार साँझ चार बुँदे सहमति भएसँगै पेट्रोलियम पदार्थ बिक्री वितरण सहज हुने भएको हो।

    दुईपक्ष बिच पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी माग एक हप्ताभित्र तथा पेट्रोलियम कारोबार सम्बन्धी मागबारे १५ दिन भित्र निश्कर्ष पुगिने सहमतिमा उल्लेख छ।

    चार बुँदे सहमतिपछि शनिबारदेखि नै लागु हुने गरी सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको राष्ट्रिय पेट्रोलियम व्यावसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्यालले जानकारी दिए।

    आइतबार विहान ८ बजेदेखि सम्पूर्ण डिपो कार्यालय सञ्चालन हुने उनले बताए।

    इन्धन अभाव हुने देखिएपछि शनिबार पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिएको थियो।