× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साताको पहिलो दिन सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घट्यो

    २ वर्ष पहिले

    चैत-२०, साताको कारोबारको पहिलो दिन (आइतबार)सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार तीन सय रुपैयाँ तोकिएको छ।

    छापावाल सुनको अघिल्लो कारोबार मूल्य ९९ हजार सात सय रुपैयाँ रहेको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ कायम भएको छ।

    चाँदीको मूल्यमा भने आज कुनै घटबढ भएको छैन। चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम भएको छ।