× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज विश्व स्वास्थ्य दिवस मनाइँदै

    २ वर्ष पहिले

    चैत-२४, आज अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

    विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

    ‘हाम्रो धर्ती, हाम्रो स्वास्थ्य’ भन्ने विश्वव्यापी नाराका साथ डब्लु.एच.ओं आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

    नेपालमा भने ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।

    मन्त्रालयले उपलब्ध स्रोत साधन प्रयोग गरी विश्व स्वास्थ्य दिवस मनाउन सबै प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कर्यालय र स्थानीय तहलाई अनुरोध गरेको छ।