३ वर्ष पहिले
चैत-२५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ७ सय ४ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ७ सय २८ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ७१ हजार ९ सय ६१ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ६ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ३९ हजार ९ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६ सय ६९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ सय ४३ रहेको छ भने संस्थागत आइसोलेसनमा २६ जना रहेको छ।
२४ घण्टामा ८९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६५ हजार ९ सय ३६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ११ जना र भेन्टिलेटरमा १ जनाको उपचार भईरहेको छ।