× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

    २ वर्ष पहिले

    बैशाख ३, पाल्पा

    पाल्पामा बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
    पाल्पामा बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। रैनादेवी छहरा गाउँपालिका बल्डेङगढीमा शुक्रबार साँझ लु १ च ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामामा गाडी मालिक ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालकको मृत्यु भएको प्रहरी चौकी बल्डेङगढीका प्रहरी सहायक निरीक्षक शिवकुमार यादवले जानकारी दिए। ज्यान गुमाउने बालकको सनाखत भएको छैन। घाइते ६ जना पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ।
    दुर्घटनाको कारण खुलेको छैन। तीव्र गतिको कारण बस पल्टिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।