× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहिलो गुरुङ नायिका मुग्लिङकी सरु अभिनित छिटको गुन्युको रिमेक (भिडियो)

    २ वर्ष पहिले

    मुग्लिङ: नेपालको पहिलो गुरुङ चलचित्रकी नायिका सरु गुरुङ राना अभिनित पहिलो गुरुङ चलचित्र पातेको गीत छिटको गुन्यो को नयाँ भर्सन सार्वजनिक गरिएको छ ।


    गायक सागर आले र ताराको आवाजमा गरिएको रिमेक भर्सन हाल युकेमा रहेकी नायिकाले आफ्नो बुबाको स्मृतिमा लोकापर्ण गरेकी हुन् । नेपाली नयाँ वर्षको कोसेलीका रुपमा युट्युबमार्फत गीत सार्वजनिक गरेको नायिका सरुले हाइवे समाचारलाई बताइन् ।


    गीतको पुरानो भर्सनमा आशा उमा र कृष्ण गुरुङको आवाज थियो । रिमेक भर्सनमा सागर आले र तारा श्रीषमगरको स्वर छ गीतको शब्द गणेश गुरुङको हो । रिमेकमा पवन वांग लामाको संगीत संयोजन छ । नयाँ रिमेकको कथा, नृत्य तथा भिडियो निर्देशन सरुकै छ ।


    विदेशमा रहे पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणमा सक्रिय सरुले योगदान दिंदै आएकी छन् । उनको यो नयाँ मेहनतको पनि नेपाल तथा विदेशका नेपालीले सराहना गरेका छन् ।