× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जनक मावि गैँडाकोटका शिक्षकले विद्यार्थीलाई अश्लील भिडियो देखाएको आरोप, विद्यार्थी आन्दोलित

    २ वर्ष पहिले

    बैशाख-४, नवलपुरको गैँडाकोटस्थित जनक माविमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् । अश्लिल भिडियो देखाउने शिक्षकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै आन्दोलित बनेका हुन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही स्कुलमा कम्प्युटर पढाउने शिक्षकले अश्लिल भिडियो देखाएर यौन दुर्व्यवहार गर्न खोजेको आरोप लागेको छ ।

    आरोपीत शिक्षकको राजीनामा मागेका छन् । गैडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ३ राउण्ड अश्रुग्याँस प्रहार गरेर अनियन्त्रित भीडलाई नियन्त्रण लिने प्रयास गरेको स्थानीयहरुले बताएका छन् । विद्यार्थीहरुले स्कुलभित्रको एक मोटरसाइकलमा आगो लगाइदिएका छन् । झ्यालमा समेत तोडफोड गरेका छन् ।

    आरोपीत शिक्षक, अभिभावक र विद्यार्थी प्रतिनिधिबीच करिब १ घण्टादेखि छलफल चलिरहेको छ । घटनाबारे गैडाकोट प्रहरी र विद्यालयले हालसम्म कुनै विवरण सार्वजनिक गरेका छैनन् ।