× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १२ संक्रमित थपिए, निको हुनेको संख्या ३५

    २ वर्ष पहिले

    बैशाख-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ८ सय २७ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ७ सय ५० जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५५ लाख ९६ हजार ५ सय १५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ७ सय ३९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ५० हजार ९ सय ७१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ सय ७५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३ सय ६० रहेको छ भने संस्थागत आइसोलेसनमा १५ जना रहेको छ।

    २४ घण्टामा ३६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ३ सय ३९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.६४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९ जना र भेन्टिलेटरमा १ जनाको उपचार भईरहेको छ।