३ वर्ष पहिले
बैशाख-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ८ सय ३७ जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ६ सय जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख १ सय १५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ९१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ५२ हजार ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ सय ५० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३ सय ३९ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ जना रहेको छ।
२४ घण्टामा ३४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ३ सय ७३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.६४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ जना र भेन्टिलेटरमा १ जनाको उपचार भईरहेको छ।