× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १० संक्रमित थपिए, निको हुनेको संख्या २६

    २ वर्ष पहिले

    बैशाख-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ८ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५८ सय जनाको पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ३ हजार १ सय ७३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ३ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ५३ हजार ४ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ सय ३४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३ सय २४ रहेको छ भने संस्थागत आइसोलेसनमा १० जना रहेको छ।

    २४ घण्टामा २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ३ सय ९९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४ जना र भेन्टिलेटरमा १ जनाको उपचार भईरहेको छ।