× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै राती प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।