३ वर्ष पहिले
बैशाख-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ८ सय ६० जना पुगेको छ ।
२४ घण्टामा २ हजार ५ सय २८ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ५ हजार ७ सय १ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ३ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ५४ हजार ७ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ सय १८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ जना रहेको छ।
२४ घण्टामा २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ४ सय २४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ जना र भेन्टिलेटरमा शुन्य जनाको उपचार भईरहेको छ।