× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज छन्द दिवस

    २ वर्ष पहिले

    बैशाख-८,आज छन्द दिवस । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी दिवस मनाईंदैछ ।

    कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुन:र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ लाई छन्द दिवसका रुपमा मनाउन सहमति दिएको थियो ।

    छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।

    जव कवितामा मात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, गेयहरु नियमसंगत रुपमा मिल्दछ, तव छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा बाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरु रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरुलाई व्यवस्थितगर्दा छन्द तयार हुन्छ ।

    अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरुको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो ।कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुतगर्दा श्रवण गर्ने श्रोताहरु मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर बाचन गरिएका कवितालाई रुचिपुर्वक श्रवण गरिन्छ । छन्दमा श्रोतालाई लठ्ठ बनाउने शक्ति हुन्छ । तर यस्तो क्षमतायुक्त छन्दको प्रयोग भने कविता साहित्यमा घट्दै गएको पाइन्छ ।

    छन्द- अद्भुत साहित्य प्रयोगलाई कविताका माध्यमबाट उतार्नु भने त्यति सजिलो छैन । छन्दमुलक लेखन कठिन लेखन हो । लेख्नमात्र हैन, वाचन गर्न पनि उतिनै कठिन हुन्छ । ‘इ’ कार, ‘ऊ’ कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरुमा बाँधिएर कृति लेख्नु निकै चुनौतिपुर्ण हुन्छ ।

    छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दुलविकृडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरु संस्कृतका छन्दहरु हुन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ ।

    छन्दको सवैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप, विद्युन्माला, इन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्रलेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरुलाई नै छन्दको प्रकारका रुपमा मानिएको छ