× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढ्यो

    २ वर्ष पहिले

    बैशाख-८,आज बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

    आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस अघि बुधबार नेपाली बजारमा प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य १ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बुधबार तेजाबी सुनको मूल्य १ लाख १ सय रुपैयाँमा झरेको थियो ।

    बिहीबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको थियो ।