३ वर्ष पहिले
बैशाख-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ८ सय ७५ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ८३ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ७ हजार ७ सय ८४ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ४ सय ६४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ५६ हजार २ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ सय ९८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ सय ९५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ जना रहेको छ।
२४ घण्टामा ३२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ४ सय ५६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।