× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णयप्रति इच्छाकामना माओवादीको आपत्ती

    २ वर्ष पहिले

    बैशाख-८, नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटिको विहीबार वसेको वैठकले जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

    इच्छाकामनाको भागवण्डा अवैज्ञानिक, बस्तुगत नभएको भन्दै माओवादीले निर्णयप्रति आपत्ति प्रकट गरेको हो । निर्णयप्रति पुन विचार गर्न अनुरोध गर्ने र अन्यथा यस निर्णयबाट पर्न जाने असरको जिम्मेवारी जिल्ला गठबन्धनले लिनुपर्ने निर्णयमा उल्लेख भएको अध्यक्ष हरि थापाले बताए ।

    इच्छाकामनामा प्रमुख, उपप्रमुख सहित ४ वटा वडा कांग्रेसले दावी गरेपछि विवाद उत्पन्न भएको हो । पालिकामा कुल ७ वटा वडा छन् ।

    यस अघि भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले पालिका प्रमुख, उपप्रमुख सहित ३ वटा वडामा जितेको थियो भने माओवादीले १ वडा तथा नेकपा एमालेले ३ वटा वडामा जितेको थियो।