× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमालेले चितवनका सात पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्यायो, इच्छाकामनाको उपाध्यक्षमा माया सिलवाल

    २ वर्ष पहिले

    बैशाय-११, नेकपा एमालेले चितवन जिल्लाकाे ७ वटै पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

    एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाए संगै जिल्लाकाे ७ वटै पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छहो।

    जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो ।

    जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक, खैरहनीको मेयरमा लालमणि चौधरी र उपमेयरमा कविता उप्रेती, रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक तथा कालिकाको मेयरमा विनोद रेग्मी र उपमेयरमा विमला लामा उम्मेदवार भएका छन् ।

    खैरहनीका लालमणी चौधरी अहिले पनि नगरपालिकाको मेयर छन् । रत्ननगरको मेयरको उम्मेदवार बनेकी दुवाडी अहिले नगरपालिकाको उपमेयर छिन् । यसैगरी माडीको मेयरमा ताराकाजी कुमारी महतो चयन भएकी छन् । महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन् । एमालेले यसअघि नै भरतपुर महानगरको मेयरमा विजय सुवेदी र इच्छाकामना गाउँपालिको अध्यक्षमा दानबहादुर गुरुङलाई सर्वसम्मत उम्मेदवार बनाइसकेको छ ।

    एमालेले इच्छाकामना गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार माया सिलवाललाई बनाएको छ । एमालेले राप्रपासँग तालमेल गर्ने भनेर भरतपुर महानगरपालिका र माडी नगरपालिकाको उपमेयरका उम्मेदवार चयन गरेको छैन ।