× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले सस्तियो

    २ वर्ष पहिले

    बैशाख-११, कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य तोलामा ४०० रुपैयाँले सस्तिएको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले सस्तिँदै एक लाख ५०० रुपैयाँमा झरेको हो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै सस्तिँदै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कारोबार भएको थियो ।

    तर, यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।