× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भूकम्पिय इतिहासको कालोदिन : आजै गएको थियो ०७२ सालको विनासकारी भुकम्प (१२ बैशाख २०७२)

    २ वर्ष पहिले

    बैशाख-१२, विनाशकारी भूकम्प गएको शनिबार ७ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो ।

    बारपाक केन्द्रबिन्दुबाट जमिनमुनि करिब १०–१५ किलोमिटरभित्र भूकम्प सिर्जना हुुँदा हिरोसिमामा गरिएको ३३५ वटा एटोमिक बम बराबरको शक्ति जमिनभित्र तरङ्गको रुपमा चारैतिर फैलिन पुगेको विज्ञहरु बताउँछन् । १९९० सालपछि २०७२ सालको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति गऱ्यो ।

    ०७२ सालको भूकम्पबाट ८ हजार ८ सय ९६ नेपाली तथा विदेशी नागरिकको मृत्यु भएको थियो । त्यस्तै २३ हजार ३ सय ३ जना घाइते भएका थिए । त्यस्तै करोडौंको भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्तै ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक देवालय पनि भुईंचालोले ध्यवस्त बनाएको थियो । भुईंचालोले त्यति ठूलो क्षति पुऱ्याउँदासमेत अझै पनि भौतिक संरचना निर्माणमा सावधानी अपनाएको पाइँदैन ।

    नेपालमा भूकम्पको इतिहास

    काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.४ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.६ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा ०६८ असोज १ गते गएको भुईंचालो (६.९ रेक्टर) पनि पर्छ ।

    यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन् । ०६८ असोज १ गते गएको भुईंचालो विसं २०४५ मा गएको भुईंचालो भन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्‍याएको पाइएन । वि.सं. १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र हजारौंले ज्यान गुमाएका थिए ।

    त्यसैगरी २०४५ सालमा गएको भुईंचालोबाट ७२१ जना मानिसको ज्यान गएको थियो । ०६८ असोज १ को भुईंचालोबाट नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको थियो ।

    भूकम्पीय इतिहास अनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभुईंचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईंचालो जाने गरेको पाइन्छ । नेपालमा वि.सं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भुईंचालो गएको इतिहास छ।

    २ माघ १९९० मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भुईंचालो ८.४ रेक्टर स्केलको थियो । हालसम्म सबैभन्दा विनाशकारी भनेर यसै महाभुईंचालोलाई लिइन्छ । सो भुईंचालोमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

    भदौ ५, २०४५ को बिहान पाँच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो । यसबाट पूर्वी र मध्य नेपालमा धेरै क्षति भएको थियो । २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भुईंचालो उत्तिकै विनासकारी सावित भयो । यो भुईंचालोपछी धेरै दिनसम्म सानासाना पराकम्प गइरहेका छन् ।

    अझै पनि नेपालमा भूकम्प जान सक्ने छ । विशेषगरि पश्चिम नेपालमा यस अघि त्यति विनासकारी भूकम्प नगएकाले अब त्यस ठाउँमा ठूलो भूकम्प जान सक्ने विज्ञहरुले अनुमान गरेका छन् । यद्यपी प्राकृतिक प्रकोप कहाँ र कहिले जान्छ भन्नेमा भने यसै भन्न सकिने अवस्था रहँदैन ।