× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक, हल्का वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-१२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार देशको पहाडी भू-भागमा स्थानीय वायु प्रभाव रहेको छ। हाल प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।