× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदी दुबैको भाउ घट्यो

    २ वर्ष पहिले

    बैशाख-१२, आज (सोमबार) सुन तथा चाँदी दुबैको भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो ।

    आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँ र चाँदी एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।