× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विभिन्न पदमा एक लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराए

    २ वर्ष पहिले

    बैशाख-१३, स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको सोमबार राति ११ बजेसम्मको विवरणअनुसार आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २ हजार ७ सय ४४ र अध्यक्षका लागि २ हजार ९ सय ४१ जनाले मनोनयन दर्ता गराएका छन् ।

    यस्तै, उपप्रमुखका लागि १ हजार ६ सय ९९, उपाध्यक्षका लागि २ हजार २३, वडाध्यक्षका लागि २५ हजार ६४ महिला सदस्यका लागि १७ हजार ४ सय ६७ र दलित महिला सदस्यका लागि १५ हजार ६ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि ३६ हजार ४ सय ८८ जनाले मनोनयन दर्ता गराएका आयोगले जनाएको छ।